नयाँ सांसदहरूको आज शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

नयाँ सांसदहरूको आज शपथ ग्रहण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। शपथ ग्रहण दिउँसो २ बजे गरिने तय भएको छ।

संघीय संसद सचिवालयले सांसदहरूले प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो सहित २ घण्टा अगावै बोलाएको छ।

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले हिजो शीतलनिवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आज उनैले बाँकी सांसदहरूलाई शपथ खुवाउनेछन्।

प्रकाशित : १२ चैत्र २०८२, बिहिबार १०:५५ 26 March, 2026 10:55 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।