बालेनको शपथः किन बन्दैछ खास? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बालेनको शपथः किन बन्दैछ खास?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणका लागि चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटको साइत तय गरिएको छ।

सोही समयमा उनले प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी गरिएको छ। बालेन पक्षले उक्त समय राष्ट्रपति कार्यालयलाई प्रस्ताव गरेको र सोही अनुसार कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ। शपथग्रहणपछि उनी दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शपथग्रहण समारोहलाई विशेष बनाइने तयारी गरिएको छ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ भने १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन्। साथै, १६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम पनि तय गरिएको छ। समारोह धार्मिक तथा सांस्कृतिक परम्परासहित सम्पन्न गरिने जनाइएको छ।

प्रकाशित : 25 March, 2026 4:05 pm