निर्देशन नमानेका बीमा कम्पनीहरू कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्देशन नमानेका बीमा कम्पनीहरू कारबाहीमा



काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशन पालना नगरेको भन्दै ८ वटा बीमा कम्पनीमाथि कारबाही गरेको छ। बीमा ऐन २०७९ अनुसार नियम उल्लंघन गरेको निष्कर्ष निकाल्दै प्राधिकरणले ती कम्पनीहरूलाई कारबाही गरेको हो।

कारबाहीमा परेका संस्थाहरूमा एशियन लाइफ, हिमालयन लाइफ, दि ओरिएन्टल, हिमालयन रि, नेपाल रिका, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफ रहेका छन्। साथै, नेपाल रिका का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई पनि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित : 25 March, 2026 3:30 pm