आयात ह्वात्तै बढ्दा व्यापार घाटा ११ खर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयात ह्वात्तै बढ्दा व्यापार घाटा ११ खर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो।

गत आवको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो। त्यसैगरी, निर्यातमा पनि वृद्धि देखिएको छ। यस अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो।

भन्सार विभागका अनुसार आयात–निर्यात अनुपात घटेर ७.२४ प्रतिशतबाट ६.७५ प्रतिशतमा आएको छ। आयात निर्यातको असन्तुलनका कारण व्यापार घाटा पनि बढेको छ। चालु आवको आठ महिनामा व्यापार घाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ थियो।

प्रकाशित : 22 March, 2026 2:58 pm