स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सानिगाडको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सानिगाडको आईपीओ निष्काशन



काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री सुरु गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। तीमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दालाई वितरण गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता अन्य वडाका बासिन्दालाई दिइनेछ।

यस्तै, ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीयका लागि आवेदन चैत २२ गतेसम्म ९ढिलोमा वैशाख ७० खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ११ देखि २२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले मध्यम जोखिम संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : 22 March, 2026 11:09 am