डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस आईपीओ ल्याउने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस आईपीओ ल्याउने तयारीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो।

कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रस्ताव पारित गरेको छ।

भिलेजले आईपीओ निष्काशन तथा बाँडफाँड गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ।

प्रकाशित : ४ चैत्र २०८२, बुधबार १३:१२ 18 March, 2026 1:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।