हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी यशस्वीका इन्टरनेशनल प्रा.लि. को नाममा रहेको ९ लाख ९९ हजार १६७.०६ कित्ता र विश्वेस श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृति निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान बमोजिम सो शेयर हाल हिमालयन बैंककै विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखिएको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानून विभागमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। साथै उक्त शेयरको मूल्य बिक्रेता अनुसार फरक फरक रहेकोले मूल्य तथा अन्य जानकारीका लागि पनि बैंकको कानून विभागमै सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित : २ चैत्र २०८२, सोमबार ११:३७ 16 March, 2026 11:37 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।