काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ ।
जसले आगन्तुकहरूलाई फ्याक्ट्री टेस्टकै जस्तो ताजापन र स्वादको अनुभव गराएको छ। यो कोटिहवा चोकबाट करिव ४०० मिटर पश्चिम ‘टाईगर प्यालेस संगै’ संचालनमा रहेको छ। यसले यहाँ आउने पाहुनाहरूका लागि बियर पिउने अनुभवलाई अझ फरक र स्मरणीय बनाएको छ। क्राफ्ट बियर संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको यस स्थानमा पाहुनाहरूले काठबाट बनेका आकर्षक WOODEN भिल्लामा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यको आनन्द लिँदै बियरको स्वाद लिन सक्छन्।
यहाँ आउने धेरै सेवाग्राहीहरूले यस्तो वातावरणमा बियर पिउनुको मज्जा नै अलग हुने प्रतिक्रिया दिने गरेका छन्। नेपालमा कुरिनटार क्षेत्रपछि यस प्रकारको क्राफ्ट बियर अनुभव उपलब्ध गराउने स्थलका रूपमा चिलियाको यो बियर गार्डेन पश्चिम नेपालकै पहिलो मानिन्छ। बियरसँगै अनुभवी सेफहरूबाट तयार गरिएका विभिन्न परिकारहरूले मानिसको स्वाद र आतिथ्यलाई अझ समृद्ध बनाउने गरेका छन्। यो परियोजना व्यवसायी मिनराज भुसालको अवधारणा र लगानीमा सञ्चालन भइरहेको हो।
भुसालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नु हो। हाल यस व्यवसायमार्फत करिब ५० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
विदेश जाने सोच बनाएका धेरै युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि यो परियोजना उदाहरण बनेको छ। सामान्य लगानी र सही व्यवस्थापन भए आफ्नै देशमा बसेर परिवारसँगै जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ। यस्ता उद्यमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भौगोलिक हिसाबले पनि रुपन्देहीमा रहेको यस बियर गार्डेनको स्थान विशेष महत्वको देखिएको छ। भारतबाट नेपालका पर्यटकिय स्थल पोखरा र लुम्बिनी क्षेत्रतर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो स्थान उत्कृष्ट विश्राम स्थलका रूपमा विकास हुंदै गइरहेको छ ।
व्यवसायीहरूका अनुसार नेपालमा यस्ता परियोजनाहरू अझ विस्तार गर्न सरकारले लगानीको सुरक्षा, संरक्षण तथा व्यवसायमैत्री नीतिको सुनिश्चितता गर्न आवश्यक छ। यदि राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सके यस्ता परियोजनाहरू देशभर विस्तार हुने र त्यसले रोजगारी तथा पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने छ।
रुपन्देही क्षेत्रमा नयाँ अनुभव खोज्ने बियर पारखिहरुका लागि चिलियाको बारसिङ्गे बियर गार्डेन अहिले नयां आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।






Comment