अन्तर्राष्ट्रिय नारी दिवसमा ‘SheSecure 2026’ वेबिनार सम्पन्न, डिजिटल सुरक्षामा महिलालाई सशक्त बनाउने उद्देश्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अन्तर्राष्ट्रिय नारी दिवसमा ‘SheSecure 2026’ वेबिनार सम्पन्न, डिजिटल सुरक्षामा महिलालाई सशक्त बनाउने उद्देश्य




काठमाडौं । ११६औँ International Women’s Day को अवसरमा Computer Association of Nepal Federation (क्यान महासंघ) अन्तर्गतको Women in IT Committee ले “SheSecure 2026: Empowering Women for a Safer Digital World” शीर्षकमा वेबिनार कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने र सुरक्षित डिजिटल सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रम Women in IT Committee की संयोजक Sarita Nyaupane को सभापतित्वमा सम्पन्न भएको थियो। प्रारम्भमा संयोजक न्यौपानेले उपस्थित अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्दै डिजिटल युगमा महिलाहरूको सुरक्षित सहभागिता सुनिश्चित गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरूको महत्वबारे प्रकाश पारे।

वेबिनारमा क्यान महासंघका केन्द्रीय पदाधिकारी, सदस्यहरू, लेखा समिति संयोजक तथा सदस्यहरू, Women in IT Committee का सदस्यहरू, देशभरका क्यान शाखाका प्रतिनिधिहरू र सूचना प्रविधिमा चासो राख्ने महिला दिदीबहिनीहरू गरी करिब १४० जना सहभागी भएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि निर्मला शर्माले डिजिटल युगमा महिलाहरू साइबर ठगी, अनलाइन दुर्व्यवहार र विभिन्न साइबर अपराधको जोखिममा पर्ने उल्लेख गर्दै डिजिटल सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताइन्। उनले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न क्यान महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा क्यान महासंघकी केन्द्रीय सदस्य र नेपाल बै‌क लिमिटेडको Card and Digital Banking Division की Division Head बन्दना शर्माले स्रोत व्यक्तिको रूपमा प्रस्तुतीकरण दिई साइबर सुरक्षा, सामाजिक इन्जिनियरिङ आक्रमण, फिसिङ, अनलाइन ठगी, डिजिटल उत्पीडन, Deepfake प्रविधिबाट हुने दुरुपयोग, रोम्यान्स तथा लगानी घोटाला लगायतका साइबर अपराधका बारेमा विस्तृत जानकारी दिइन्। साथै बलियो पासवर्ड प्रयोग, Multi-Factor Authentication (MFA) सक्षम गर्ने, व्यक्तिगत जानकारी सुरक्षित राख्ने तथा साइबर अपराध भएमा नेपाल प्रहरीको Cyber Bureau मा उजुरी दिने प्रक्रियाबारे व्यावहारिक जानकारी पनि प्रदान गरिएको थियो।

वेबिनारमा क्यान महासंघकी केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे र महासचिव चन्द्र बिलास भुर्तेलले साइबर सुरक्षा र डिजिटल सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम देशभर निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन Women in IT Committee की सदस्य देबकी आचार्य दुलालले गरेकि थिइन् भने धन्यवाद ज्ञापन समितिका सदस्य रेखा चाैधरीले गरिन्। क्यान महासंघले महिलाहरूलाई सुरक्षित, जिम्मेवार र सशक्त डिजिटल सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित : 10 March, 2026 1:57 pm