ओलीको बधाइ : ‘बालेन बाबु, तपाइँको ५ वर्षे कार्यकाल सफल रहोस्’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ओलीको बधाइ : ‘बालेन बाबु, तपाइँको ५ वर्षे कार्यकाल सफल रहोस्’



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जितेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन्।

रास्वपाबाट प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका बालेनले झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगभग ५० हजार मतान्तरले पराजित गरेका छन्। उनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। बालेनले प्राप्त गरेको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो। किनकि हालसम्म संसदीय इतिहासमा यति धेरै मत कसैले प्राप्त गरेको छैन।

हार व्यहोरेका शर्माले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘बालेन बाबु १ विजयका लागि तपाइँलाई शुभकामना छ।’ ‘तपाइँको ५ वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।’

प्रकाशित : 8 March, 2026 10:19 am