मतदातालाई धन्यवाद दिँदै बालेन: जनताको विश्वासलाई सम्मान गर्ने प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मतदातालाई धन्यवाद दिँदै बालेन: जनताको विश्वासलाई सम्मान गर्ने प्रतिबद्धता



काठमाडौं । भारी मतान्तरसहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदाताप्रति आभार व्यक्त गरेका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि शाहले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन्। उनले जनताको विश्वास र समर्थनलाई सम्मान गर्दै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

झापा क्षेत्र नम्बर ५ बाट  बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

प्रकाशित : 7 March, 2026 9:04 pm