काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ।
बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट आएको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए।
उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगले सबै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको र संकलन सम्पन्न भएपछि कानुनी प्रक्रिया अनुसार मतगणना सुरु गरिने जनाएको छ।






Comment