टिकट कन्फर्म भएपछि मात्रै विमानस्थल आउन त्रिभुवन विमानस्थलको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

टिकट कन्फर्म भएपछि मात्रै विमानस्थल आउन त्रिभुवन विमानस्थलको आग्रह



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म (सुनिश्चित) भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार, मध्यपूर्वका केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने उडान सञ्चालन गर्ने तयारी गरिएको छ । अलपत्र यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि उडान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, यी उडानमा ट्रान्जिट वा कनेक्टिङ यात्रु भने स्वीकार गरिने छैन । मध्यपूर्वका ती विमानस्थल र नेपालबीच सीधा यात्रा गर्ने यात्रु मात्रै यी उडानमा यात्रा गर्न पाउनेछन् ।

विमानस्थल कार्यालयले मध्यपूर्वका देशतर्फ जाने वा ती देश हुँदै तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग समन्वय गरी टिकट बुकिङ सुनिश्चित गरेपछि मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ ।

प्रकाशित : 5 March, 2026 5:34 pm