देशभर सुरक्षा सतर्कता बढाइँदै, प्रधानमन्त्रीले बोलाइन् बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशभर सुरक्षा सतर्कता बढाइँदै, प्रधानमन्त्रीले बोलाइन् बैठक



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।

प्रकाशित : 4 March, 2026 12:28 pm