मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न कांग्रेस महामन्त्री पौडेलको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न कांग्रेस महामन्त्री पौडेलको माग



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वका क्रममा नेपाली नागरिकको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्द्यै आवश्यक सबै कदम तत्काल थाल्न सरकारसँग माग गरेका छन् ।

‘त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,’उनले भने । महामन्त्री पौडेलले नेपालीहरुलाई समेत आफ्नो सुरक्षाका लागि सजग रहन अपिल गरेका छन् ।

‘त्यस क्षेत्रमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि म आफ्नो सुरक्षाका लागि सजग रहन र अत्यावश्यक नपरी बाहिर ननिस्कन हार्दिक अपिल गर्दछु,’ उनले भने ।

प्रकाशित : 1 March, 2026 11:25 am