देश बदल्ने १० भिजनसहित अघि बढेका छौं’ : महामन्त्री पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

देश बदल्ने १० भिजनसहित अघि बढेका छौं’ : महामन्त्री पौडेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको टिप्पणी गरेका छन् । काठमाडौं बस्ने धौलागिरीवासीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरुका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।

‘देशैभर सकारात्मक माहोल बनिरहेको छ,’ उनले भने,‘यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ ।’ कार्यकर्ता र आम नागरिकको अपेक्षा अनुसार कांग्रेस नीतिगत रुपमा प्रष्ट भएको र देश बदल्ने भिजनमा समेत प्रष्ट भएकाले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र सुभेच्छुक सबै लाग्नुपर्ने उनले बताए ।

महामन्त्री पौडेलले सामाजिक सञ्जाल समेत विचार राख्न प्रभावकारी माध्यम भएकाले पार्टी रुपान्तरण र भिजनका विषय प्रचारमा सक्रियता बढाउन कार्यकर्ता र सुभेच्छुकहरुलाई आग्रह गरे ।

प्रकाशित : १२ फाल्गुन २०८२, मंगलबार १६:५९ 24 February, 2026 4:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।