काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२६ ‘बहुभाषिक शिक्षामा युवा आवाज’ देशभर विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२६ कार्यक्रममा माझी, सुनुवार, धामी, नेवार, ह्योल्मो, मगर ,तामाङ, छन्त्याल, सुरेल, थारु, शेर्पा, भोटे, यायोक्खा,आदिले मातृभाषा संरक्षणमा भएका अभ्यासहरुको प्रस्तुतीमा दिएका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष रेसम गुरुङले मातृभाषा संरक्षण केवल सांस्कृतिक विषय मात्र नभइ शैक्षिक रूपमा पनि प्रभावकारी र दिगो उपाय भएको बताएका छन् । उनले मातृभाषा संरक्षणप्रति अघात प्रतिबद्धता र सामूहिक चेतनाको प्रतीकका रूपमा दिवसलाई ग्रहण गरिएको उल्लेख गरे ।
उनका अनुसार बहुभाषिक शिक्षा केवल शिक्षण पद्दति मात्र नभइ समानता, समावेशिता र सांस्कृतिक न्यायको आधार हो । बहुभाषिक शिक्षा लागूभएका देशहरूमा बालबालिकाको सिकाइ उपलब्धि, आत्मविश्वास र विद्यालयमा निरन्तरताको दर बढेको अध्ययनले देखाएको उनले बताए ।
यस वर्षको नारा ‘बहुभाषिक शिक्षामा युवाहरूको आवाज’ले युवालाई सहभागी मात्र नभइ सहनिर्माताका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको उनको भनाइ थियो ।‘विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति, पहिचान र गौरव हो,’ उनले भने । लोपउन्मुख भाषाको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो । अध्यक्ष गुरुङले मातृभाषामा प्रारम्भिक शिक्षालाई गुणस्तरीय बनाउन, भाषासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न, समुदाय सरकार र शैक्षिक संस्थाबीच सहकार्य सुदृढ गर्न तथा डिजिटल युगअनुकूल सामग्री विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा मातृभाषा संरक्षण, विकास र उत्थानका लागि समुदायले गरेका असल अभ्यास, उपलब्धि र नवप्रयोग सार्वजनिक गरिएको थियो । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, साहित्य, सङ्गीत, चलचित्र, अनुसन्धान र उद्यमशीलतामार्फत मातृभाषालाई आधुनिक युगसँग जोड्नुपर्नेमा जोड दिइएको थियो ।
प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा माझी, सुनुवार, थामी, तामाङ, दुरा, नेवार, ह्योल्मो, राई, लिम्बू, मगर, थारु, भोटे, छन्त्याल, शेर्पा र सुरेल समुदायका प्रतिनिधिले आआफ्ना भाषासम्बन्धी अनुभव प्रस्तुत गरेका थिए । प्रतिनिधिहरूले आदिवासीसम्बन्धी ऐन, कानुन र नियमावली बहुभाषिक बनाउन तथा कार्यक्रममा अनुवाद र प्रविधिको व्यवस्था गर्न सुझाव प्रस्तुत गरेका थिए ।
माझी समूदायबाट चिनिमाया माझीले आफ्नो मातृभाषा संरक्षण भएका अभ्यासहरुमा माझी शब्दकोश , माझी जातिको चिनारीका बारेमा पुस्तक ,पत्रपत्रिका, संस्कृति जर्गेना, आदिवासी प्राथाजनिक पुस्तक आदि प्रकाशनमा ल्याएको बताइन् । स्थानीय निकायमा माझी भाषा बोलीचाली हुने विद्यालयमा पाठ्यक्रम लागू गरना नसकेको बताइन् ।
यसैगरी सुनुवार भाषा उत्तम कोँइचले समूदायको मातृभाषा संरक्षण भएका अभ्यासहरुको बारेमा चर्चा गरेका थिए । उनले यस्ता विभिन्न कार्यक्रममा अनुवादक राखेर आफ्नै भाषामा प्रस्तुती दिन सके अझ कार्यक्रमको शोभा बढ्ने बताए । उनले भने,‘अन्य भाषाका लागि प्रतिष्ठानले अनुवादक राख्छ ,आउने दिनमा यस्ता कार्यक्रममा हामीले पनि अनुवादक राखेर हाम्रो प्रस्तुतिकरण गर्न पाऊँ, यो कुरामा ध्यान जाओस् ।
’सुनुवार भाषा संरक्षण अभ्यासहरुमा विशेष सुनुवार भाषा सिकाइ र लेखाइ , डिजिटल साइट,अनलाइन कक्षाबाट सञ्चालन हुँदै आएको उनले बताए । सुनुवार लिपिका लागि गुगल र गुगल किर्बोडको चलनचल्ती छिट्टै आउने बताए । संरक्षण अभ्यासमा गीत ,गजल ,गीति एल्बम, नाटक ,उपन्यास,बाइबलको कथा अनुवाद आदिबाट भइरहेको उनकाे प्रस्तुतिमा थिए ।
थामीले पनि मातृभाषा संरक्षण अभ्यासहरुमा कालिञ्चोक पालिकामा थामी पाठ्यक्रम पुस्तकहरु प्राथमिक विद्यालयका केही स्तरमा कक्षा सञ्चालन गरेको प्रस्तिुति दिएको थियो । तामाङ समूदायको मातृभाषा संरक्षण भएका अभ्यासहरुको बारेमा वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा भएको , तामाङको राष्ट्रिय पुस्तकालय स्थापना,पठनपाठन ,पुस्तक प्रकाशन आदि प्रस्तुति रहेको थियो । दुरा जातिको भाषा मातृभाषा संरक्षण भएका अभ्यासहरुको बारेमा संचिन्ता दुराले प्रस्तुति दिएकी थिइन् । उनले दुरा जातिको इतिहास र दुरा भाषा पुस्तान्तरण र हस्तान्तरण भएको ,बर्ण निर्धारण, शब्दकोष, पुस्तक, थेसिस, दुरा भाषाको डिजिटल कक्षा सन्चालन ,साहित्य प्रकाशन, दुरा लोपा मोबाइल एप संचालन भएको बताइन् । नेवार समूदायबाट दिपक तुलाधरले नेवारी मातृभाषा संरक्षण भएका अभ्यासहरुको बारेमा बताए । उनले नेवारी भाषाका कक्षा संचालन ,शब्दकोश ,पत्रपत्रिका प्रकाशन,प्रसारण भएको बताए । यस्तै नेपालबाट नेवारी मात्रै एउटा भाषा जहाँ गुगल अनुवाद भएको उनले बताए ।
मगर समूदायको बारेमा विष्णु कुमार सिंजालीले मगर भाषाहरु ४ किसिमको संरक्षण, सम्वर्धन, विकास र समद्धिका भएको बताए । उनले अन्तराष्टिय भाषा दिवस मनाइरहदा धेरैलाई यस विषयमा जानकार नरहेको बताए ।
आदिवासीको भाषा संरक्षण र प्रवद्र्धन गर्न सरकारीमाथहतको विश्वविद्यालयको आवश्यकता रहेको बताए । उनले भने,‘हामी अन्य भाषालाई विश्वविद्यालयमा पढिरहदा हाम्रो भाषामा उच्च शिक्षा गर्न किन नपाउने ? निजि विश्वविद्यालय किन खोलेर सिकाउने ?त्रिविमा आदिवासी भाषा पढाउने वातावरणका लागि हामी सबैले पहल गर्नुपर्छ र सबैलाई आह्वान गर्दछु ।’ यद्यपि धेरै जनसंख्या भएको मगर समूदाय नै भाषापीडित भएको उनले बताए । भाषा विकास र प्रगति विवरणमा लुम्बिनी र गण्डकी प्रदेशमा सरकारी कामकाज भाषा रहेको बताए ।
सिन्दुपाल्चोक, नुवाकोट, काठमाडौलगायत क्षेत्रमा बसोबास गर्दै आएको ह्योल्मो जातिले आधुनिक भाषा धर्म संस्कृति र नेपाली अग्रेजीको प्रभाव परेको ह्योल्मो समाजका टासी लामाले बताए । उनले मातृभाषा संरक्षणमा भएका अभ्यासहरुको प्रस्तुतीमा गोरखापत्रमा हुने प्रकाशनदेखि विभिन्न विषयमा पुस्तक प्रकाशन र सन्भोटा लिपीको व्यवहारिक प्रयोगका बारेमा कार्यक्रम र प्रशिक्षण भएको बताए । मातृभाषामै गीत–संगित ,पिएसए र ,शब्दकोश,लेखनशैली अभ्यास भइरहेको उनले बताए । भाषामा उतिकै चुनौती रहेको पनि उनले बताए ।
किरात यायोक्खाका बारेमा तारामणी राईले यायोक्खाभित्र २६ थर भएको बताए । यायोक्खा भाषामा समावेश १६ वटा संकतापूर्ण भाषा रहेको अध्ययनमा पाएको उनले बताए । स्थानिय तहमा राई भाषाका लागि पाठ्यक्रम विकास गरेतापनि कार्यन्वयन नभएको उनले बताए ।सुरेल जातिका बारेमा रमेश सुरेलले भाषा पुस्तक प्रकाशन, शब्द संकलन, भाषा तह प्रशिक्षण, जीवनशैली बोलीचाली सहयोगी पुस्तक प्रकाशन गरेको प्रस्तुतिकरण गरे । भोटे समूदायले आफ्नो मातृभाषा संरक्षण भएका अभ्यासहरुको बारेमा याङछैन भोटे एक छोटो भिडियो देखाएकी थिइन् ।
शेर्पा समूदायले पनि मातृभाषा संरक्षणमा भएका अभ्यासहरु प्रस्तुतीमा देखाएका थिए । ज्योमोलाङमा नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन गरिनुका साथै भाषागत रेडियो कार्यक्रम ,चलचित्र, अन्य पत्रपत्रिका पनि प्रकाशन गरेका कार्यक्रममा ३ प्रस्तुती गरिएको थियो । थारू समुदायले मातृभाषा संरक्षणमा भएका अभ्यासहरुको प्रस्तुती दिएको थियो । सरकारलाई आफ्नो मातृभाषाको लागि झक्झक्याउन लागिपर्न युनेस्कोका एक प्रतिनिधिले बताइन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषा रहेको र तीमध्ये केही भाषा लोपउन्मुख अवस्थामा रहेको छ । मातृभाषामा पठनपाठन भइरहेका विद्यालयका शिक्षकलाई प्रशिक्षण, शब्दकोष तथा पाठ्यसामग्री निर्माण, लिपि विकास र अभिलेखीकरणजस्ता कार्य प्रतिष्ठानले गर्दै आएको छ ।
अन्तरराष्ट्रिय मातृभाषा दिवसको पृष्ठभूमिमा सन् १९५२ फेब्रुअरी २१ मा बङ्गलादेशको ढाकामा विद्यार्थीले बङ्गाली भाषालाई राष्ट्रभाषाको मान्यता दिन माग गर्दै गरेको आन्दोलनलाई स्मरण गरिन्छ । बङ्गलादेशकै पहलमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९९ मा २१ फेब्रुअरीलाई अन्तरराष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।






Comment