नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने



काठमाडाै २३ जेठ । नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने भएकाे छ । बैंकले उपत्यका बाहिरका बिभिन्न १० वटा शहरमा नयाँ शाखा सञ्जाल विस्तार गर्न लागेको हो । नविलले सुर्खेतको बिरेन्द्रनगर, सिरहाको लाहान, कैलालीको टिकापुर, कास्कीको तालचोक, बगर, र अमरसिंह चोकमा नयाँ शाखा विस्तार गर्न लागेको हो ।

दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको रत्न नगर र सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तारका लागि भाडामा घर खोजी गर्न थालेको छ । बैंकले भुई तल्ला वा पहिलो तल्लामा २००० देखि २५०० वर्गफुट क्षेत्रको घर खोजिरहेको छ । घरमा पानी र ३ फेजको विजुली लाइन तथा ६ मिटर चौँडाईको बाटो अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०५:५३