काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका विद्यमान प्रमोटरहरूले आफ्नो स्वामित्वमा रहेको १८ हजार ८४४.७२ कित्ता प्रमोटर सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि लिलामीमार्फत बिक्री खुला गरेका छन्। बैंकले फागुन ६ गतेदेखि लिलामी प्रक्रिया सुरु गरेको हो।
इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। यस लिलामीका लागि न्यूनतम बोलकबोल दर प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताहरूले तोकिएको दरभन्दा बढी मूल्य उल्लेख गरी गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ। बोलपत्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
बैंकले तोकिएको समयसीमाभित्र प्राप्त बोलपत्रहरू मूल्याङ्कन गरी उच्चतम दर प्रस्ताव गर्ने बोलकर्तालाई सेयर बिक्री गरिने जनाएको छ।






Comment