ज्योति विकास बैंकको वार्षिक साधारण सभा फागुन २८ गते, लाभांश प्रस्ताव नआउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंकको वार्षिक साधारण सभा फागुन २८ गते, लाभांश प्रस्ताव नआउने



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभाको मिति तय गरेको छ। फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गते काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

बैंकले दिएको जानकारी अनुसार यस वर्षको साधारण सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश गरिने छैन। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ। बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरण समेत सभाबाट अनुमोदन गरिनेछ।

त्यसैगरी, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रकाशित : 18 February, 2026 10:59 am