फागुन ६–७ गते सार्वजनिक बिदा: सरकारी कार्यालय, बैंक र शेयर बजार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फागुन ६–७ गते सार्वजनिक बिदा: सरकारी कार्यालय, बैंक र शेयर बजार बन्द



काठमाडौँ । फागुन ६ र ७ गते देशभर सार्वजनिक बिदा रहने भएको छ। फागुन ६ गते ग्याल्पो ल्होसार तथा फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सरकारले बिदा दिएको हो।

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख पर्व हो । जसलाई विशेषगरी शेर्पा समुदायले मनाउने गर्छन्। सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि यो पर्व उत्साहपूर्वक मनाउने गरेका छन्।

त्यस्तै, प्रजातन्त्र दिवस प्रत्येक वर्ष फागुन ७ गते मनाइन्छ। वि.सं.२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस राष्ट्रिय रूपमा मनाइन्छ।

बिदाका दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द रहनेछन्।

प्रकाशित : 17 February, 2026 3:50 pm