काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान बाँडफाँड गरेको हो।
कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता सेयरका लागि परेको २४ लाख ४ हजार ४७७ आवेदन सदर भएको छ । सि–आस्वा सदस्यले रिजेक्ट गरेको आवेदकको संख्या २ लाख ५५ हजार ९७५ रहेको छ भने बदर आवेदकको संख्या ३३ हजार १६२ रहेको छ ।
कुल सदर आवेदकमध्ये ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।






Comment