अण्डाको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अण्डाको मूल्य घट्यो



नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। ठूलो अण्डा ३० वटा प्रतिक्रेट रु. ३७५ र मिडियम अण्डा रु. ३३५ कायम गरिएको छ।

नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट ठूलो मात्रामा आयात भइरहेको कारणले बजारमा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको हो।

अण्डाको मूल्य हाल केही महिनाअघिसम्म उच्च भएको थियो। मंसिरमा ठूलो अण्डा प्रतिक्रेट रु. ५६५ र मझौला रु. ५५०मा बेचिएको थियो। त्यसपछि क्रमिक रुपमा मूल्य घट्दै माघ ११ मा ठूलो अण्डा रु. ४९५ र माघ २२ मा रु. ४३५ पुगेको थियो ।

गत माघ ११ मा ठूलो अण्डाको एक क्रेट (३० वटा)को फार्म मूल्य ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ कायम गरिएको थियो। यस्तै मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ तोकिएको थियो ।

प्रकाशित : 9 February, 2026 10:09 am