रिलायन्स फाइनान्सको सीईओमा डा.मल्ल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स फाइनान्सको सीईओमा डा.मल्ल नियुक्त



रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मल्ललाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन १ गतेबाट लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यस्तै सोही बैठकले कम्पनीका यसअघिका सीईओ समाज प्रकाश श्रेष्ठको राजीनामा फागुन १ गतेबाट लागू हुनेगरी स्वीकृत समेत गरेको छ ।

प्रकाशित : 9 February, 2026 10:07 am