एनआरएनएको १२ औं विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआरएनएको १२ औं विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा हुने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि सुरु हुने भएको छ । काठमाडौंमा हुने अधिवेशन चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने एनआरएनले जनाएको छ । सोमबार परराष्ट्र मन्त्रालयले सम्मेलनको बारेमा जानकारी दिँदै सरोकारवालाहरूलाई सहभागिताका लागि आग्रह गरेको छ ।

यो महाधिवेशनबाट एनआरएनएको नयाँ नेतृत्व चयन गरिनेछ। सम्मेलनलाई सफल बनाउन सरकार आवश्यक सहयोग र सहजीकरणमा जुटिरहेको मन्त्रालयले जनाएको छ। सम्मेलन व्यवस्थापनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ भने समितिको सचिवालयको जिम्मेवारी एनआरएनए सचिवालयले सम्हाल्नेछ।

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा शुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर रहेका नेपालीलाई एकतामा बाँध्ने काम गर्दै आएको छ। विगतका महाधिवेशनपछि देखिएका संगठनात्मक समस्या संवाद र सहकार्यबाट समाधान गर्दै २०२५ नोभेम्बर ३० मा एकता कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित : 3 February, 2026 2:40 pm