काठमाडौं । एशियाली ऋण महासंघ (अकू)को कोषाध्यक्ष चन्द्र प्रसाद ढकाल चयन भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष समेत रहेका ढकाल यस अघि अकूको वैकल्पिक सदस्य थिए।
अकूको आज थाईल्याण्डको बैंककमा बसेको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनित गर्ने निर्णय गरेको हो ।
कोषाध्यक्षमा चयन भएपछि ढकालले अकू नेपालको बचत तथा ऋण अभियानका लागि अभिभावक संस्थाका रूपमा रहेको उल्लेख गर्दै यस जिम्मेवारीलाई ठूलो अवसरका रूपमा लिएको बताए।
उनले भने, “अकूमा कोषाध्यक्षको जिम्मेवारी पाउनु मेरो लागि मात्र होइन, समग्र नेपाली बचत तथा ऋण अभियानका लागि पनि गौरवको विषय हो। अकू एक जिम्मेवार र प्रभावशाली क्षेत्रीय निकाय हो। यस भूमिकाबाट नेपाल र अकूबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छु। यो अवसर महासंघ, नेफ्स्कून र सम्पूर्ण अभियानले संयुक्त रूपमा प्राप्त गरेको हो, जसप्रति हामी सबै हर्षित छौं।”





Comment