काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा उदयपुर जिल्लामा कृषि, पशुपक्षी तथा विपद् बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नीय स्तरमा कृषि र पशुपक्षी बीमाको दायरा बढाउँदै विपद्बाट हुने जोखिम न्यूनीकरणका उपायबारे कृषकहरूलाई सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
माघ १२ गते रौतामाई गाउँपालिका वडा नं ७ स्थित सभा हलमा सफलतापूर्वक सञ्चालन गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, कृषकहरू र कम्पनीका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागीहरूलाई बीमा दाबी प्रक्रिया, बीमाले समेट्ने जोखिमहरू र यसबाट कृषकले पाउने आर्थिक सुरक्षाका बारेमा जानकारी गराइएको थियो। यस्ता कार्यक्रमले ग्रामीण भेगका कृषकहरूलाई आधुनिक बीमा प्रणालीसँग जोड्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ।







Comment