काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार ४४ वर्षीय कृष्ण कुँवर, २६ वर्षीया मनिषा अधिकारी, ४४ वर्षीय भक्त प्रसाद मरासिनी र २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् । चारै जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पीडितहरूबाट कुँवरले सर्बिया पठाउने भन्दै २ लाख ५० हजार , अधिकारीले क्यानडा पठाउने भन्दै २ लाख ५० हजार, मरासिनीले रोमानिया पठाउने भन्दै २ लाख २५ हजार ठगेको र आचार्यले युएई पठाउने २ लाख ६२ हजार ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।




Comment