ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धी अकेलाले लिए शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

Feature News

ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धी अकेलाले लिए शपथ ग्रहण

काठमाडाैं। ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त हुनुभएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे । बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नव नियुक्त अध्यक्ष बुद्धी अकेलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिनुभएकाे हाे । संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औँ बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो ।

अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखीनै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुनुहुन्छ । हाल उहाँ सो बैंकमा डिजिएम पदमा कार्यरत हुनुहुन्छ ।

शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ११ माघ २०८२, आइतबार १६:२८ 25 January, 2026 4:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।