सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो



काठमाडौं । लगातार तीन दिनसम्म ऐतिहासिक उचाई पुगेको सुनको मूल्यमा आज भने गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको भाउ ५० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार हुँदैछ ।

प्रकाशित : 22 January, 2026 11:19 am