विदेश अध्ययन चाहने विद्यार्थीका लागि अवसर: बहु–देशीय भर्ना दिवस २०२६ आयोजना हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेश अध्ययन चाहने विद्यार्थीका लागि अवसर: बहु–देशीय भर्ना दिवस २०२६ आयोजना हुँदै



काठमाडाैं । इडिएफ जम्बोरी नेपालले ‘बहु–देशीय भर्ना दिवस २०२६’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त अन्तर्राष्ट्रिय शैक्षिक मेला फेब्रुअरी २०२६ मा सोमबार, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, काठमाडौंको न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।

यो बहुप्रतिक्षित शैक्षिक कार्यक्रममा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य (युनाइटेड किङ्डम) क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एकै स्थानमा उपस्थित रहने इडिएफ जम्बोरी नेपालले जनाएको छ। यस कार्यक्रमले विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई विभिन्न देशका शैक्षिक अवसरहरू एउटै छानामुनि बुझ्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रम विद्यार्थी, अभिभावक, परामर्शदाता तथा शैक्षिक पेशेवरहरूका लागि विशेष रूपमा तयार गरिएको हो। सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी पाठ्यक्रम छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा अध्ययनपश्चात् रोजगारी अवसरसम्बन्धी स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन्।

बहु–देशीय भर्ना दिवस २०२६ ले विद्यार्थीहरूलाई वर्षभरि विभिन्न देशका छुट्टाछुट्टै शैक्षिक मेलामा सहभागी हुनुपर्ने झन्झटबाट मुक्त गर्दै, एकै दिनमा विभिन्न विश्वविद्यालय तुलना गर्न, अध्ययन खर्चको मूल्यांकन गर्न तथा भविष्यका करियर सम्भावनाबारे निर्णय लिन सहयोग गर्ने विश्वास लिइएको छ।

प्रकाशित : 20 January, 2026 8:18 pm