सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 1 January, 2026 11:21 am