नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम



काठमाडौं । कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ सयले बढेर २ लाख ७० हजार ६०० कायम भएको हो ।

सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो ।

प्रकाशित : 28 December, 2025 1:33 pm