अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ । यस अघि उपमहानगरपालिकाले एक दिनको लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।

करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भोग्नु परेको छ ।

प्रकाशित : 28 December, 2025 10:50 am