काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले पौष ८ गते मगलबार १७ औं वार्षिकोत्सव एक औपचारिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साथै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष, सञ्चालकहरू लगायत अर्थ मन्त्रालय, सरकारी निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकका प्रमुख तथा वरिष्ठ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पौष ८ मा स्थापना भएको एनसीएचएलले प्रारम्भमा म्यानुअल चेक क्लियरिङलाई डिजिटाइज गर्दै २०६८ सालमा NCC–ECC प्रणाली सञ्चालनमा ल्याएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकको रणनीतिअनुसार एनसीएचएलले विभिन्न आधुनिक डिजिटल भुक्तानी, क्लियरिङ तथा सेटलमेन्ट प्रणालीहरू कार्यान्वयन गर्दै आएको छ।
१७ वर्षको अवधिमा एनसीएचएलले NCC–ECC, NCC–IPS, Retail Payment Switch, ConnectIPS, CorporatePay, ConnectRTGS, National Payment Switch (NPS), NepalPay Card, Instant Payment लगायतका प्रणालीहरू सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। हाल एनपीएस अन्तर्गत नेशनल कार्ड स्विच तथा नेपालपे कार्डको अन्तर्राष्ट्रिय स्वीकार्यता (International Acceptance Rollout) समेत गरिएको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीमा १० वर्ष सेवा पूरा गरेका छवी सापकोटा (हेड–पेमेन्ट सिस्टम) लाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। साथै एनसीएचएलका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र अशोक शम्शेर ज.ब.रा. लाई संस्थाको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै डेपुटी गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा एनसीएचएलले विभिन्न नयाँ इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरू पनि सार्वजनिक गरेको छ। सिद्धार्थ बैंकसँग सहकार्यमा Digital Mobile Banking Solution, नबिल बैंकसँग CorporatePay 2.0, माछापुच्छ्रे बैंकसँग Cards Central Switch तथा स्मार्ट चोइस टेक्नोलोजीसँग सहकार्यमा Third Party Payment Settlement सार्वजनिक गरिएको हो।
वार्षिकोत्सवका अवसरमा एनसीएचएलले १३ विधामा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी तथा गैर–बैंक संस्थाहरूलाई “Excellence in Digital Transaction” अवार्ड प्रदान गरेको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स ले “Excellence in NepalPay QR Transaction” अवार्ड प्राप्त गरेका छन्।
त्यस्तै, सिद्धार्थ बैंक लाई “Excellence in EFT Card Services”, ग्लोबल आईएमई बैंक लाई “Excellence in Alternate Digital Channel” तथा नबिल बैंक लाई “Excellence in Digitizing Business with CorporatePay” अवार्ड प्रदान गरिएको छ। सरकारी कारोबार डिजिटलाइजेसनमा योगदान पुर्याएको भन्दै राष्ट्रिय वाणिज्य बैंक र ई–भिसा अनलाइन भुक्तानी प्रणाली सक्षम बनाएको योगदानका लागि गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभाग लाई विशेष अवार्ड प्रदान गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको इजाजत प्राप्त एनसीएचएलमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य तथा १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। गत आर्थिक वर्ष एनसीएचएलका प्रणालीमार्फत २१ करोड १२ लाखभन्दा बढी कारोबारमार्फत १८६ खर्ब रुपैयाँभन्दा बढीको भुक्तानी फछ्र्यौट गरिएको थियो। जुन कारोबार संख्यामा ६७ प्रतिशत र रकममा १९ प्रतिशतले वृद्धि हो।






Comment