काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने र पुस ३० गते वार्षिक साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेका छ।






Comment