काठमाडौं । हिमालयन लाइफ गण्डकी प्रदेश र अभिकर्ता संगठनको संयुक्त सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । सयुक्त रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री बराह माध्यमिक, माछापुच्छ्रे- ६ कास्कीमा चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरुका लागि सो कपडा वितरण गरिएको हो ।
शिक्षा: सुरक्षा . उज्यालो भविष्य भन्ने मुल नारा सहित उक्त विद्यालयका विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख गणेश घमला, पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका अध्यक्ष वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू,साथै शाखा प्रमुखहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
यस योगदानले बीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गहुनुको साथै, सो विद्यालयका विद्यार्थीहरुमा पनि राहत मिल्ने कम्पनीले विश्वास गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख गणेश धमला र अभिकर्ता संगठन बीमकका अध्यक्ष रेशम गौतमले सामाजिक उत्तरदायित्वको कार्यमा हिमालयन लाइफ सधैं एक कदम अगाडि रहने प्रतिबद्धता समेत जाहेर गरे ।





Comment