काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले लाभांश घोषणा गरेको छ। संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट १२.७६ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १३.३४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैठकले उक्त लाभांश स्वीकृतीका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने र आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।





Comment