काठमाडौं । सामाजिक सुरक्षा कोषले डिजिटल सुशासन, पारदर्शिता तथा प्रविधिमैत्री सेवा प्रवाहमा गरेको योगदानका लागि आईसीटी अवार्ड २०२५ प्राप्त गरेको छ। Living with ICT र ICT Foundation Nepal को संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिने उक्त अवार्डअन्तर्गत सामाजिक सुरक्षा कोष डिजिटल गभर्नेन्स विधामा सम्मानित भएको हो।
कोषले प्रविधिको अधिकतम प्रयोग गर्दै सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रणाली विकास गरेको मूल्याङ्कनका आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
यस अवसरमा सामाजिक सुरक्षा कोषले उपलब्धि हासिल गर्न योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, कोषप्रति विश्वास राखी सहकार्य गर्ने योगदानकर्ता, रोजगारदाता तथा निरन्तर सहयोग, समन्वय र मार्गदर्शन प्रदान गर्ने साझेदार संस्थाहरूप्रति पनि आभार प्रकट गरेको छ।
कोषले यस सम्मानले आगामी दिनमा अझ उत्तरदायी, प्रभावकारी तथा नवप्रवर्तनशील डिजिटल सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ।





Comment