छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रकाशित : 16 December, 2025 11:05 am