काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार बैंकको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८ सय ४६ दशमलव २० कित्ता र हाइड्रोपावरको १०० प्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।





Comment