खजुरीको नेपाल प्रा.लि.को पफ असुरक्षित ठहर, कम्पनीले सार्वजनिक रूपमा स्वीकार गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

खजुरीको नेपाल प्रा.लि.को पफ असुरक्षित ठहर, कम्पनीले सार्वजनिक रूपमा स्वीकार गर्यो



काठमाडौं । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहीन रहेको स्वीकार गर्दै सम्बन्धित उत्पादन बजारबाट फिर्ता लिएको जनाएको छ। बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले उत्पादन प्रक्रियामा त्रुटि भएको पुष्टि गर्दै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी आवश्यक कदम चालिएको उल्लेख छ।

कम्पनीका अनुसार समस्या देखिएको ब्याचका सबै पफ संकलन गरी बजारबाट हटाइएका छन्। साथै, आगामी दिनमा गुणस्तरीय उत्पादन मात्र बजारमा पठाइने आश्वासन कम्पनीले दिएको छ।

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै भेटिएको भन्दै उक्त उत्पादन फिर्ता लिन निर्देशन दिएको थियो।

विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगले उत्पादन गरेको ब्याच नम्बर B1-3A र B1-5A का पफ तुरुन्त संकलन गर्न र थप बिक्री नगर्न भनेको थियो। विभागले यी उत्पादनलाई न्यूनस्तरको खाद्य पदार्थ घोषित गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा सर्वोपरि रहेको स्पष्ट पारेको छ।

प्रकाशित : 11 December, 2025 4:33 pm