सुन महँगियो, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन महँगियो, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उक्लिएको छ। अघिल्लो दिनको तुलनामा साेमबार सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

हिजो भने सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा सीमित भएको थियो।

यता, आज चाँदीको भाउ उल्टै घटेको छ। चाँदी प्रति तोला २० रुपैयाँले सस्तो हुँदै ३ हजार ५८५ रुपैयाँमा पुगेको छ।

प्रकाशित : 8 December, 2025 10:54 am