प्रत्येक गाँउपालिका तथा नगरपालिकामा बाणिज्य बैंक तथा बैंकका शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रत्येक गाँउपालिका तथा नगरपालिकामा बाणिज्य बैंक तथा बैंकका शाखा



काठमाडाै १५ जेठ । नयाँ बजेटले प्रत्येक गाँउपालिका तथा नगरपालिकामा बाणिज्य बैंक तथा बैंकका शाखा खोल्न व्यवस्था गर्ने भएको छ ।

बजेटले वित्तीय क्षेत्र रणनिती अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने तथा बचत गर्ने बानीको विकास गर्न वित्तीय साक्षरता कार्ययक्रमलार्इ निरन्तरता दिएको छ। कृषिलार्इ विकास गर्न कृषि क्षेत्रमा सहुलियत र कर्जा उपलव्ध गराउने व्यवस्था मिलाउने भएको छ।

बजेटले हाल भएका बीमा कम्पनीले पुनर्बीमा गर्दा ठुलो रकम विदेशिने प्रकृयालार्इ मध्यनजर गर्दै पुनर्वीमा कम्पनीलार्इ प्रत्साहन गर्ने जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी  पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउने उल्लेख छ। यसबाट अब देशका सबै गाँउपालिका तथा नगरपालिकाहरुमा बैंकिङ सेवा प्रभावकारी तथा चुस्त बनाउन बैंकहरुबीच प्रतिश्पर्धा हुने देखिएको छ। यसैगरी ति स्थानहरुमा शाखा खोल्न पनि  बैंकहरुलार्इ दवाव पर्ने देखिएको छ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार १३:३०