बुद्धभुमी नेपाल हाइड्रोपावरमा नीर कुमार क्षेत्री स्वतन्त्र सञ्चालक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुद्धभुमी नेपाल हाइड्रोपावरमा नीर कुमार क्षेत्री स्वतन्त्र सञ्चालक नियुक्त



काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्री नियुक्त भएका छन्। मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्तीलाई कम्पनीको आगामी १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीको १७ औं वार्षिक साधारण सभा आगामी मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा आयोजना हुँदैछ ।

प्रकाशित : 5 December, 2025 3:12 pm