७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी



काठमाडौं  १५ जेठ । सरकारले ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाउने भएको छ । व्यवस्थापिका संसदमा आज आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले अब हिमाली शहरको अध्ययन पनि अघि बढाउने घोषणा गरे ।

 

उनले खाद्य हरियाली शहरलाई निरन्तरता दिइने पनि बताए । निर्माणाधीन तराईको हुलाकी र मध्यपहाडी राजमार्गमा १०-१० वटा नयाँ शहर विकास गर्नबजेट विनियोजन गरिएको छ ।

तराईमा शहर विकासका लागि ११ अर्ब १ करोड रुपैयाँ खर्च गरिने भएको छ । त्यसैगरी गरिब जनताका लागि जनता आवास कार्यक्रम पनि निरन्तर सञ्चालन गरिने भएको छ । यसका लागि २ अर्ब ४४करोड रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार १३:०७