काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक आर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
कम्पनीले आव २०८०/८१ का लागि पनि लाभांश दिएको थिएन ।





Comment