काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कोभिड–१९ पछि मुलुकको आर्थिक अवस्था पूर्ण रूपमा सुधार हुन नसकेको र औद्योगिक प्रतिष्ठानहरू सुरक्षा जोखिममा परिरहेको बताएका छन्।
उनी अनुसार युवाहरूको विदेश पलायन, व्यवसायीहरू कालोसूचीमा पर्नु, कर्जा प्रवाह तथा कर प्रणालीका कठिनाइले निजी क्षेत्र निराश बन्दै गएको छ।
लगानी सुरक्षाको प्रत्याभूति राज्यले तुरुन्त गर्नुपर्ने प्रमुख माग उनले राखे।
अग्रवालले कर्जा पुनर्संरचना लागू गर्न, चालू पुँजी कर्जा मार्गदर्शन खारेज गर्न, भ्याटमा बहुदर प्रणाली सरल बनाउन, अन्त:शुल्क दर घटाउन, निर्यात अनुदान निरन्तरता दिन, सहकारी संकट समाधानका लागि कानुन बनाउन सरकारलाई सुझाव दिए।





Comment