प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायलाई कर्जा पुनरसंरचना र पुनरतालिका सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायलाई कर्जा पुनरसंरचना र पुनरतालिका सुविधा



काठमाडौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बाढी र पहिरोबाट प्रभावित इलामलगायत अन्य जिल्लाका उद्यम तथा व्यवसायका लागि कर्जा पुनरसंरचना र पुनरतालिकीकरणको व्यवस्था गरेको छ।

राष्ट्र बैंकका अनुसार प्रभावित व्यवसायहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा न्यूनतम १० प्रतिशत ब्याज दरमा असुल गरी एकपटकको लागि पुनरसंरचना गर्न सक्नेछन्।

यस व्यवस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायलाई आर्थिक भार कम गर्न र पुनःसञ्चालनमा सहजता ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 1 December, 2025 11:34 am