काठमाडौं । ग्लोबल आइएमइ बैंक लिमिटेडले वातावरणमैत्री यातायात अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल ग्रिन ड्राइभ स्किम’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय सवारी (EV) खरिद गर्न वार्षिक ६.४९ प्रतिशत स्थिर ब्याजदर मा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
“EV गाडी चढौँ, वातावरणमैत्री बाटोमा अगाडि बढौँ” भन्ने नारासहित सार्वजनिक गरिएको यो योजनाले ग्राहकलाई सहज, किफायती तथा दिगो यात्राको विकल्प प्रदान गर्ने बैंकको भनाइ छ।
बैंकका अनुसार वैकल्पिक ऊर्जामा आधारित यातायातको प्रयोग बढ्दै गएसँगै विद्युतीय सवारी साधन खरिद गर्न इच्छुक ग्राहकका लागि यो योजना विशेष उपयोगी मानिने अपेक्षा गरिएको छ। कर्जा प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाइने बैंकले जनाएको छ।
यस योजनासम्बन्धी विस्तृत जानकारी ग्लोबल आइएमइ बैंकका देशभर रहेका शाखा कार्यालयहरू तथा ग्लोबल कनेक्ट सेन्टरहरू मार्फत उपलब्ध गराइनेछ। इच्छुक ग्राहकहरूले नजिकको शाखामा सम्पर्क गरी आवश्यक कागजातसहित कर्जा आवेदन दिन सक्ने जनाइएको छ।
ग्लोबल आइएमइ बैंकले वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासलाई प्राथमिकता दिंदै आएको छ। बैंकद्वारा सार्वजनिक गरिएको यो ‘ग्लोबल ग्रिन ड्राइभ स्किम’ ले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकका लागि आकर्षक तथा सहज कर्जा विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।





Comment